सौर्य एयरको जहाज दुर्घटना भएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द



काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा परेपछि काठमाडौंस्थित त्रिभुवअ अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

सौर्य एयरको विमान धावनमार्गबाट चिप्लिएर गोठाटार तिरको घाँसे मैदानमा पुगेर आग्लागी भएको थियो ।

बुधबार बिहान ११ बजेतिर सौर्य एयरलाइन्सको जहाज रनवेबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको देखिएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।

‘तत्कालका लागि विमानस्थल बन्द गरिएको छ,’ विमानस्थलका एक कर्मचारीले क्लिकमान्डुसँग भने ।


क्लिकमान्डु