ओटीसी बजारमा ५ अर्ब ४ करोड बढीको कारोबार



काठमाडौं । ओभर द काउन्टर (ओटीसी) बजारमा ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत वर्षमा ९९ कम्पनीको ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँमा कारोबार भएको हो ।

ओटीसी बजारमा सबैभन्दा बढी मूल्यमा वर्ल्डलिंक कम्युनिकेसनको सेयर कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ ।

ओटीसी बजारमा नेप्सेमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा हुन नसकेका कम्पनीहरुको कारोबार हुने गरेको छ । नेप्सेका अनुसार ओटीसी बजारमा २४४ ओटा कम्पनी दर्ता भएका छन् ।


क्लिकमान्डु