सूर्योदय वोमी लघुवित्तको एफपीओमा माग भन्दा ५१० गुणा बढी आवेदन, ३५५ आवेदक मध्ये १ ले पाउने



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ)मा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन परेको छ ।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्ममा १६ लाख ५६ हजार ८२६ जनाले आवेदन दिएका छन् । कम्पनीले निष्कासन गरेको सेयरमा माग भन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ गतेदेखि ४६ हजार ७२९ कित्ता निष्कासन गरेको थिए । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

यो एफपीओ १०/१० कित्ताका दरले ४ हजार ६७३ जनाले पाँउछन् । हालसम्म आवेदन दिनेको संख्याका आधारमा विश्लेषण गर्दा ३५५ जना आवेदक मध्ये १ जना आवेदकले सेयर पाउने देखिन्छ ।


क्लिकमान्डु