साशा इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

357
Shares

काठमाडौं । साशा इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुने २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावरले दोलखा जिल्लामा रहेको खानीखोलाको पानी प्रयोग गरि ३० मेगावाट क्षमताको खानिखोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडले हस्ताक्षर गरेका छन् ।

Skip This