सेयर बजारमा उछाल कायमै, १४ अर्ब बढीको सेयर किनबेच



काठमाडौं । सेयर बजारमा उछाल आएको छ । कारोबारको सुरुदेखि नै आएको सुधार अन्तिम समयसम्म पनि कायमै रह्यो ।
यो दिन बजार मापन गर्ने सूचक ७५.३३ अंकले बढेर परिसूचक २५६३.४३ बिन्दु कायम भएको छ ।

३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकमा लगानीकर्ताको आकर्षण बढेको छ । बैंकिङ सँगै सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ ३३.४१, विकास बैंक १४६.४७, वित्त ७१.५३, होटल २०१.०४, उर्जा १२२.५२, जीवन बिमा ५१८.९९, उत्पादन तथा प्रशोधन २८४.८३, माइक्रोफाइनान्स ७२.७५, निर्जीबन बिमा ५२५.०७, ट्रेडिङ समूह १८६.२३ र अन्य समूहको उपसूचक ३२.५७ अंकले बढेको छ ।

कारोबारमा २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको घटेको छ । कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक लागेको छ भने चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा मूल्य बढेको छ ।

कारोबारमा गणपति लघुवित्त, आरम्भ चौतारी लघुवित्त, मदाङकिनी हाईड्रोपावर कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २४ करोड ६९ लाख २३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः अपी पावर कम्पनी र हिमालयन रि इन्स्योरेन्स रहेका छन् ।


क्लिकमान्डु