कालिमाटी तरकारी बजारमा आज: एक सयमाथि मूल्यका कुन कुन तरकारी ?, बजारमा भित्रियो सेतो आलु



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहिबार प्रतिकिलो एक सय रुपैयाँभन्दा बढिमा धेरै तरकारीले कारोबार गरेको छ ।

एक सय रुपैयाँभन्दा बढिमा कारोबार गर्ने तरकारीहरुमा स्थानीय ठुलो गोलभेडा, डल्ले भान्टा, तने बोडी, टाटे सिमी, घिरौला, पिडालु, तोरीको साग, न्युरो, ब्रोकाउली, तामा, भेडे खुर्सानी र तोफु जनही ११० रुपैयाँ प्रतिकिलोका दरले बिहिबार बिक्री भएको छ ।

त्यसैगरी स्थानीय ज्यापु काउली र भटमास ११५, घिउ सिमी, हाइब्रीड घिउ सिमी र राजमा घिउ सिमी १५० रुपैयाँ, भिण्डी १२०, रायो साग १९०, हरियो प्याज १२५ रुपैयाँमा बिहिबार बिक्री भएको छ ।

यस्तै कन्ये च्याउ १६३, डल्लो च्याउ ३२६.६७, राजा चयाउ २९०, कुरिलो २७६.६७, जिरीको साग ३५०, सेलरी १९०, पार्सले ५४३, गुन्द्रुक २७६, अदुवा २३०, अकवरे खुर्सानी ३५० र सुकेको स्वदेशी लसुन २०५ प्रतिकिलोमा बिक्री भएको छ ।

बिहिबार लामो समयपछि बजारमा सेतो आलु उपलब्ध भएको छ । बिहिबार बजारमा आएको यो आलु प्रतिकिलो ४९ रुपैयाँमा कारोबार गरेको छ ।

यसैगरी कटहर ४५, स्थानीय सानो गोलभेडा १७.६७, टनेलको सानो गोलभेडा ३०, रातो आलु ६९, मुढे रातो आलु ५१, प्याज ९२.३३, गाजर ९५, बन्दा ४५, स्थानीय काउली, लाम्चो भान्टा, तिते करेला र लौका ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

सेतो मुला ३५, परवर, पाकेको फर्सी र चिचिण्डो ६५, झिगुनी, डल्ले फर्सी र स्कुस ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु