साउदी अरेबियामा ट्रम्प टावर विस्तार गरिँदै



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको व्यवसाय रहेको ट्रम्प टावर अब साउदी अरेबियामा पनि विस्तार हुने भएको छ । ट्रम्प अर्गनाइजेसनले साउदी अरेबियामा लग्जरी ट्रम्प टावर विकास गर्ने योजना सार्वजनिक गरेको हो ।

नयाँ टावर साउदी अरेबियाको जेद्दाहमा स्थापित हुने बताइएको छ । साउदी मेगा डेभलपर दार अल अकरानको अन्तर्राष्ट्रिय शाखा र दार ग्लोबलसँग मिलेर टावर निर्माण गरिने बताइएको छ । उक्त टावर निर्माणको काम सम्पन्न भएपछि जेद्दाह टावर साउदी अरेबियामा ट्रम्प अर्गनाइजेसनको पहिलो प्रमुख प्रोजेक्टको रुपमा स्थापित हुनेछ ।

ट्रम्प अर्गनाइजेसनका कार्यकारी उपाध्यक्ष तथा डोनल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले भनेका छन्, “मध्यपूर्वमा आफ्नो पदचिह्नको विस्तार गर्ने र डार ग्लोबलको साथ आफ्नो दीर्घकालीन सम्बन्धको माध्यमबाट यस क्षेत्रमा विलासिताको ट्रम्प मानकका लागि हामी उत्साही छौं ।”

डार ग्लोबलले भने आफूहरुको नयाँ प्रोजेक्ट लग्जरी साउदी अरेबियन मार्केट र अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा लक्षित हुने प्रतिक्रिया दिएको छ । ट्रम्प अर्गनाइजेसन र डार ग्लोबलले ५० करोड अमेरिकी डलर लगानीम ओमानमा नयाँ अन्तर्राष्ट्रिय होटल अनावरण गरेको केही दिनपछि नै साउदी अरेबियामा ट्रम्प टावरको नयाँ प्रोजेक्ट घोषणा गरिएको हो ।

उक्त पाँचतारे होटल कम्प्लेक्स २०२८ को डिसेम्बरदेखि खुला हुने बताइएको छ । जसमा नाइटक्लब र गल्फ कोर्स लगायतका सुविधा रहने छन् । यस्तै डार अल अरकान उक्त होटलको लाइसेन्स अन्तर्गत ट्रम्पको नाम र लोगो उपयोग गर्न सहमत भएको हो । जसको स्वामित्व ट्रम्प अर्गनाइजेसनको साथमा रहनेछ । २०२३ मा भएको विश्लेषण अनुसार ट्रम्पले आफ्नो राष्ट्रपति पदको दौरान मध्यपूर्वका देशहरुबाट कम्तीमा ९.६ मिलियन अमेरिकी डलर आम्दानी गरेका थिए ।

गत वर्ष एक दशक लामो कर छली योजनाका लागि न्युयोर्कस्थित एक अदालतले ट्रम्प अर्गनाइजेसनमाथि १.६ मिलियन डलरको जरिवाना लगाएको थियो । ट्रम्पका दुई संस्थाहरुलाई करछली र व्यावसायिक रेकर्डमा हेराफेरीसहित १७ वटा मुद्दामा दोषी ठहर गरिएको थियो ।


क्लिकमान्डु