नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरुले संविधान र कानुनको उल्लंघन गरेः सांसद गैरे



काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरुले संविधान र कानूनको उल्लंघनन गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले संविधानले दिएको अधिकार र पालना गर्नुपर्ने कानुनलाई स्थानीय तहहरुले कायान्वयन गर्न नसकेको बताए ।

उनले प्रदेश सभा र स्थानीय तहहरुमा नीति निर्माण,बजेट निर्माणमा असङ्गति र अराजकता बढेको भन्दै सरकारको ध्यान जान जरुरी रहेको बताए ।

आगामी आर्थिक वर्षको बजेटमा लामो छलफल गरी विगतको परम्परालाई निरन्तरता जस्तै गरी बजेट पारित भएको उनको भनाइ छ ।

प्रदेशहरुमा प्रश्तुत भएर बजेट छलफलमा देखिएका विभिन्न परिस्थिति हेर्दा विडम्बनापूर्ण अवस्था रहेको गैरेले बताउ ।

स्थानीय तहहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था भएपनि ४३ स्थानीय तहमा बजेट पेश हुन नसक्नु राम्रो पक्ष नभएको बताए ।

कतिपय स्थानीय तहहरुमा कुर्सी तोडफोड गर्ने अराजकता व्यवहार भएको भन्दै संघीयता कार्यान्वयनमा समस्या देखिएको उनले बताए । सांसद गैरेल पुँजीगत खर्चमा भएको क्षमता,बजेटमा छनोटको प्राथमिकता र कार्यान्वयनको प्रक्रियामा परम्परागत नै भएको बताए ।


क्लिकमान्डु