सेयर बजारमा दोहोरो अंकको गिरावट, फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक ११.६० अंकले घटेर परिसूचक २०६०.१६ बिन्दु कामय भएको छ ।

३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा बित्त र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, होटल, जलविद्युत, बिमा, उत्पादन तथा प्रशोधन माइक्रो फाइनान्स, निर्जीवन बिमा समूहको उपसूचक घटेको छ । रोबारमा ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ घटेको छ ।

यो दिन नेपाल फाइनान्स, शिभ श्री हाइड्रो पावर, गणपति लघुवित्त बित्तीय संस्था, मुक्तीनाथ कृषी कम्पनीका लगानीकर्ताले कमाएका छन् भने साधना लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, मिड सोलु लगायतका कम्पनीले गुमाएका छन् ।

कारोबारमा फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।  


क्लिकमान्डु