११ महिनामा १४ करोड रुपैयाँ भन्दा बढीको पर्दा आयात, भारतबाट धेरै



काठमाडौं । नेपालीले घरको ढोका र झ्यालमा प्रयोग गर्ने अधिकांश पर्दा भारतसहित तेस्रो मुलुकबाट आयात भइरहेको छ ।

स्वदेशमै उच्च गुणस्तरको पर्दा निर्माण नहुँदा भारत, चीन, सिंगापुरलगायतका मुलुकबाट ठूलो परिमाणमा आयात हुँदै आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार गत साउनदेखि जेठ महिनासम्म १४ करोड १४ लाख रुपैयाँबराबरको ४ लाख ९५ हजार १ सय २ वटा पर्दा १७ वटा मुलुकबाट नेपालमा भित्रिएको हो ।

यसमध्ये मूल्य र परिमाणको हिसावले झण्डै तीन चौथाई भारतबाट आयात भएको छ । भारतसहित तेस्रो मुलुकबाट पर्दा आयात हुँदा सरकारले भने ४ करोड २४ लाख ७७ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।

भारतबाट मात्रै १२ करोड ९ सय ५२ रुपैयाँबराबरको ३ लाख ९८ हजार ३ सय ३१ वटा पर्दा आयात भएको छ । दोश्रोमा चीनबाट २ करोड २ सय २१ रुपैयाँबराबरको ९५ हजार २ सय ५३ वटा पर्दा आयात भएको छ । तेस्रोमा सिंगापुरबाट ५४ हजार रुपैयाँबराबरको १ हजार ३ सय १२ वटा पर्दा आयात भएको छ ।


क्लिकमान्डु