नेपालको १७० देशसँग व्यापार: ८ देशबाट आयात, ३८ देशसँग शून्य निर्यात



काठमाडौं । नेपालले विभिन्न १७० देशमा व्यापार गरेको छ । १७० देशमा व्यापार गर्दा जेठ मसान्तसम्म नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ पुगेको छ । जनु गत आवको सोही अवधिको तुलनामा १.७२ प्रतिशत कम हो ।

नेपालको वैदेशिक व्यापार घाटा बढ्दै जाँदा १७० देशमध्ये ३८ देशमा नेपालबाट हुने निर्यात शून्य प्राय रहेको छ । नेपालबाट निर्यात मात्रै होइन ८ वटा देशबाट आयात समेत शून्य प्राय रहेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ आयात भएको छ । १७० देशमा भएको व्यापारमा १६२ देशबाट उक्त रकमको आयात भएको हो । बाँकी ८ वटा देशबाट नेपालमा केही आयात भएको छैन । निर्यात मात्रै भएको छ ।
नेपालबाट चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँको निर्यात भएको छ । १७० देशमध्ये १३२ देशमा उक्त रकम बराबरको निर्यात भएको हो । ३८ वटा देशमा केही पनि निर्यात भएको छैन । आयात मात्रै भएको छ ।

भन्सार विभागका अनुसार जेठमा एन्टिगुवा र बार्बुडा, बर्मुडा, केम्यान आईसल्याण्ड, चाड, डोमिनिका, फ्रान्सको दक्षिणी भुभाग, कृगिस्थान, मोन्टेनेग्रो देशबाट केही पनि आयात भएको छैन । यी देशमा नेपालबाट निर्यात मात्रै भएको छ । विभागका अनुसार नेपालबाट ३८ वटा देशमा केही निर्यात भएको छैन । आयात मात्रै भएको छ ।

नेपालबाट निर्यात नहुने ३८ देशमा अल्जेरिया, अमेरिकन सामोआ, एन्ट्राट्रिका, अर्मेनिया, अजरबैजन, बारबाडोस, बेलिज, बेनिन, बिर्मुडा, बुर्किना फासो, क्यामरुन, इक्वेडर, गाओन, घाना, भ्याक्टिकन, होन्डुरस देशमा नेपालबाट केही पनि निर्यात भएको छैन । निर्यात नहुने देशमा जाइरा, लिक्टेन्सटाइन, मालावी, मार्सल आइसल्याण्ड, मोन्टिसराट, निकारागुवा, निगर, पिटकाइरन, रुवान्डा, सान मारिनो, सर्बिया, सर्बिया (यूरोप), सुरिनाम, स्वीजरल्याण्ड, टोगो, टोकिलाउ, त्रिनिडाड एण्ड टोबागो, ट्युनिसिया, टुर्कमिनिस्थान, टुर्क्स एण्ड काइकोस आइसल्याण्ड, भानुआतु र वालिस फुतुना लगायत देशमा निर्यात शून्य रहेको छ ।


क्लिकमान्डु