कर बढ्ने पूर्वसूचनाले दुई सातामै ३ हजार बढी ईभी आयात ?



काठमाडौं । अटो व्यवसायीहरुले कर बढ्ने पूर्वसूचना पाएका कारण बजेटअघि नै ३ हजारभन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) भन्सारबाट छुटेको पाइएको छ ।

जसका कारण जेठमा ईभी आयातमा नयाँ रेकर्ड बनेको छ । जेठ पहिलो दुई साता (१ गतेदेखि १४ गतेसम्म) ३ हजार १९९ वटा ईभी कार भित्रिएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा ११ हजार ९०८ वटा ईभी भित्रिएको भन्सार विभागको तथ्यांक छ । वैशाखमा ८ हजार ७०९ वटा ईभी आयात भएको थियो ।

चीनबाट मात्रै ११ महिनामा ८ हजार ३७७ वटा ईभी गाडी आयात भएका छन् । भारतबाट यो अवधिमा ३ हजार २७७ वटा गाडी आयात भएको छ । चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाकाबाट अधिकांश  ईभी आयात भएका छन् ।

५० किलोवाट सम्मका इलेक्ट्रिक कार,जीप भ्यान ४ हजार ३ सय ४४ वटा आयात भएको छ । ८ अर्ब १६ करोड २५ लाख रुपैयाँ मुल्यको हो । यसबाट २ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ राजश्व उठेको छ । ५२ देखि १०० किलाटसम्म ६  हजार ८८५ वटा आयात भएको छ । यो १९ अर्ब ६७ करोड २ लाख रुपैयाँ मुल्यको हो । यसबाट ९ अर्ब ६५ करोड ४० लाख रुपैयाँ राजस्व उठेको छ । १०१ देखि २०० किलोवाटसम्मको २०९ वटा आयात भएको छ । ९५ करोड ५९ लाख रुपैयाँ मूल्यको हो । २०१ देखि ३०० किलोवाटसम्मको २७ वटा आयात भएको छ । ३०० किलोवाटभन्दा माथिको एउटा गाडी आयात भएको छ ।  

सरकारले विद्युतीय सवारीसाधन १० प्रतिशतले कर बढाएको छ । कुनैमा अन्तशुल्क र कुनैमा भन्सार बढाउदै समग्रमा १० प्रतिशत कर बढाएको छ । ५० किलोवाटसम्मको ईभीमा  सरकारले भन्सार दर १० प्रतिशतमा ५ प्रतिशत थपेर १५ प्रतिशत पुर्‍याएको छ। अन्तशुल्क छुट थियो । ५ प्रतिशले बढाइएको छ । समग्रमा १० प्रतिशत कर बढाइएको छ । ५१ देखपि १०० किलोवाटमा ५/५ प्रतिशत प्रतिशत भन्सार र अन्तशुल्क बढाएको छ ।

यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त शुल्क थियो ।०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क पुर्‍याएको छ । यस अघि भन्सार २० प्रतिशत र अन्तशुल्क २० प्रतिशत थियो । २०१ देखि ३०० किलोवाटको २० प्रतिशत भन्सार बढाएको छ । १० प्रतिशत अन्त शुल्क घटेको छ ।

३०० किलोवाट भन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । १० प्रतिशत अन्त शुल्क घटेको छ । समग्रमा १० प्रतिशत कर बढेको छ ।


क्लिकमान्डु