आज एकैदिन १९ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ हजार ९०० रुपैयाँ बढ्दै तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन १ लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको छ । तेजावी सुनको मूल्य विहीबार १ लाख ४२ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको हो ।


क्लिकमान्डु