कालिमाटी तरकारी बजारमा आज : ब्रोकाउली, काउली, परवर सस्तो, अन्य तरकारी महँगो



काठमाडौं । बिहिबारको तुलनामा शुक्रबार कालिमाटी फलफुल तथा तरकारी बजारमा तरकारीको मूल्य केही महँगो भएको पाइएको छ ।

अधिकाँश तरकारीको मूल्य बढ्दै गएको पाइएको छ भने केही तरकारीको मूल्य भने घटेको छ । बिहिबारको तुलनामा शुक्रबार प्रतिकिलो १० रुपैयाँ सस्तो भएर परवर ६५ रुपैयाँमा बिक्री भएको छ । यस्तै शुक्रबार लोकल काउली र ज्यापु काउलीको मूल्य पनि घटेको छ ।

बिहिबार प्रतिकिलो ४५ रुपैयाँमा बिक्री भएको लोकल काउली शुक्रबार ३५ रुपैयाँमा बिक्री भएको छ । त्यसैगरी बिहिबार ५५ रुपैयाँमा बिक्री भएको ज्यापु काउली शुक्रबार ४६.६७ रुपैयाँमा बिक्री भएको छ ।

लोकल काउलीमा १० र ज्यापु काउलीमा ९ रुपैयाँ घटेको छ । बिहिबारको तुलनामा शुक्रबार रायो साग पनि सस्तो भएको छ । बिहिबार प्रतिकिलो ५५ रुपैंयामा बिक्री भएको रायो साग शुक्रबार ४६.६७ रुपैयाँमा बिक्री भएको छ । यसैगरी ब्रोकाउलीमा पनि १० रुपैयाँ घटेर शुक्रबार ९६ रुपैयाँमा बिक्री भएको छ ।

भेडे खुर्सानीमा ९ रुपैयाँ घटेर शुक्रबार ४६ रुपैयाँमा बिक्री भएको छ । बिहिबारको तुलनामा लसुको मूल्यमा पनि १४ रुपैयाँ कमी आएको छ । बिहिबार प्रतिकिलो २३० रुपैयाँमा बिक्री भएको लसुन शुक्रबार २१६ रुपैयाँमा बिक्री भएको छ ।

कालिमाटी बजारमा बिहिबारको तुलनामा भिण्डीमा ११ रुपैयाँ बढेको छ । शुक्रबार ५६ रुपैयाँ प्रतिकिलोमा भिण्डी बिक्री भएको छ । यस्तै बिहिबारको तुलनामा तने बोडीमा ११ रुपैयाँ बढेको छ । शुक्रबार ६६ रुपैयाँ प्रतिकिलोमा यो बोडी बिक्री भएको छ ।

यस्तै बिहिबारको तुलनामा शुक्रबार घिउसिमीको मूल्य पनि बढेर प्रतिकिलो ५६ रुपैयाँमा कारोबार गरेको छ । घिरौंलाको मूल्य पनि ११ रुपैयाँले बढेर शुक्रबार ३६ रुपैयाँमा बिक्री भएको छ ।

उक्त बजारमा बिहिबारको तुलनामा शुक्रबार स्कुसको मूल्यमा पनि २० रुपैयाँ बढेको छ । शुक्रबार स्कुस ६५ रुपैयाँमा बिक्री भएको छ । कन्ये च्याउमा २७ रुपैयाँ बढेर प्रतिकिलो १८०, डल्ले च्याउमा १० रुपैयाँ बढेर ३०० र राजा च्याउमा ३ रुपैयाँ बढेर २९३ प्रतिकिलोमा शुक्रबार बिक्री भएको छ । यस्तै बिहिबारको तुलनामा गुन्द्रुकमा पनि १६ रुपैयाँ बृद्धि भएको छ । शुक्रबार २९३ प्रतिकिलोमा गुन्द्रुक बिक्री भएको छ ।

बिहिबारको तुलनामा अकवरे खुर्सानीमा २५ रुपैयाँ बढेर शुक्रबार १७५ र अदुवामा १० रुपैयाँ बढेर २७० रुपैयाँमा बिक्री भएको छ ।

शुक्रबार स्वदेशी ठूलो गोलभेडा ५६.६७, स्वदेशी सानो गोलभेडा १२.५०, टनेलको सानो गोलभेडा १५.४०, रातो आलु ५४.६०, मुढेको रातो आलु ५१.२०, सुकेको प्याज ८३, बन्दा २३, लाम्चो भान्टा ३५, तिते करेला ३५, लौंका ४६, पाकेको फर्सी ३८, हरियो फर्सी लाम्चो ३५ र हरियो फर्सी डल्लो ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु