बोर्ड अध्यक्ष नियुक्त प्रकरणः महान्यायाधिवक्ताको कार्यालयबाट लिखित सुझाव माग्ने तयारी



काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग्ने भएको छ ।

अध्यक्ष नियुक्त गर्न नसकेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयबाट लिखित सुझाव माग्ने निर्णय गरेको बताइएको छ । स्रोतका अनुसार बिहीबार अर्थ मन्त्रालयले पत्र पठाउने तयारी गरेको छ ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये तीन जना अन्तवार्ता तथा प्रस्तुतिका लागि उपस्थित नभएपछि समस्या सृजना भएको हो ।

अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्न ३ जना चाहिन्छ । सन्तोष नारायण श्रेष्ठ र मुक्ती श्रेष्ठ २ जनाले मात्रै अन्तवार्ता दिए । बाँकी ३ जना डा नवराज अधिकारी, चिरन्जीवी चापागाई र कृष्ण कार्कीले अन्तवार्ता तथा प्रस्तुति दिएका छैनन् । तीन जनाले अन्तर्वार्ता नदिएपछि अध्यक्ष नियुक्ती गर्न सरकारलाई नै समस्या पर्ने भएको छ ।

अब यो प्रकृया रद्द गरेर नयाँ आवेदन खुलाउने वा दुई जनाको मात्रै नाम सिफारिस गर्ने भन्नेमा अन्यौलता भएको छ ।
त्यसका लागि समिति महान्यायाधिवक्ताको कार्यालयमा पुगेको बताइएको छ ।


क्लिकमान्डु