धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ताका लागि ३ जना अनुपस्थित भएपछि नियुक्ति प्रकृया रद्द गर्ने तयारी



काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया रद्द गर्ने तयारी गरेको छ ।

बोर्ड अध्यक्षका लागि आवेदन दिएर सर्ट लिस्टमा परेमा ५ जनामध्ये ३ जना अनुपस्थित भएपछि यो प्रकृया रद्द गर्न लागिएको हो।

बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टमा परेका ५ जनाबाट अन्तवार्ता लिएर ३ जनाको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्नुपर्ने र तीन जनाबाट एक जनालाई अध्यक्ष नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

सर्ट लिस्टमा परेका मध्ये बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी, तत्कालीन बिमा समितिका अध्यक्ष चिरन्जिवी चापागाई र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि नगएका हुन् ।

बाँकी २ जना सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको अन्तर्वार्ता पहिलो चरणमा नै सकिएको छ । पहिलो चरणमा तीन जना नआएपछि दोस्रो चरणमा बोलाइएको थियो । दोस्रो चरणमा पनि यो सफल हुन सकेन ।

योजना आयोग स्रोतका अनुसार अब अध्यक्ष नियुक्त गर्न गठित समितिको सिफारिसमा अर्थमन्त्रीले प्रकृया रद्द गर्न मन्त्रिपरिषदमा सिफारिस गर्नेछन् । मन्त्रिपरिषदले यो प्रकृया रद्द गरेपछि अध्यक्ष नियुक्तिका लागि अर्को सूचना प्रकाशित हुनेछ।

अध्यक्ष नियुक्तिका लागि धितोपत्र ऐनमा यस्तो व्यवस्था गरिएको छ ।


क्लिकमान्डु