धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणः अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि जालान् ३ उम्मेदवार ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएकाबाट सर्ट लिस्टमा परेका ५ जना मध्ये ३ जनाले अन्तवार्ता दिएका छैनन् । अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्ती नारायण श्रेष्ठले अन्तवार्ता दिएका छन् ।
अन्तर्वार्ताका लागि बाँकी रहेका ३ जनालाई आज ९ बजेका लागि बोलाइएको थियो । यो समाचार तयार पार्दासम्म तीन जना नै उपस्थित भएका छैनन् ।

आवेदन दिएकाबाट बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, तत्कालिन बिमा समितिका अध्यक्ष चिरन्जिवी चापागाई र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की अन्तर्वार्ता तथा प्रस्तुतीका लागि जान बाँकी रहेको छ ।
अध्यक्षका लागि ५ जनाबाट ३ जनाको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषदलाई सिफारिस गर्नुपर्ने र ३ जनाबाट बढी नम्बर प्राप्त गरेको, योग्य, दक्ष व्यक्तिलाई मन्त्रिपरिषदले अध्यक्षमा नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आज ३ जना उपस्थिति नभएको खण्डका अध्यक्ष छनोटका लागि गठित समितिको सिफारिसमा अर्थमन्त्रीले प्रकृया रद्द गर्न मन्त्रिपरिषदमा सिफारिस गर्नेछन । मन्त्रिपरिषदले यो प्रकृया रद्द गरेपछि अध्यक्ष नियुक्तिका लागि अर्को सुचना प्रकाशित हुनेछ । आज हुने अन्तवार्ता तथा प्रस्तुतिका लागि आयोगमा ११ बजे सम्म अध्यक्ष छनोट समिति पर्खि रहेका हुन्छन ।


क्लिकमान्डु