कार्यान्वयन हुन सक्यो भने ६% को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव छ: चन्द्र ढकाल



नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो सोही अनुरूप नयाँ चरणको सुधार र आयोग बनेसँगै सुधार बर्ष घोषणा भएको छ ।

महासंघले प्रवर्द्धन गरेको सानो बचत बाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी लाई प्रवर्द्धन गर्ने भनिएको छ ।

कृषिमा करार खेती र पहाड मा फलफूल खेती को विषय आएको छ, पर्यटनमा वैवाहिक पर्यटन MICE पर्यटन Hill station बिकास गर्ने विषय आएका छन् ।

यस्तै, सूचना प्रविधि र start up मा केहि सहुलियत र विस्तारका योजना छन् ।

निजी क्षेत्र प्रवर्द्नन जुन महासंघको सधैको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ। यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६% को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ ।

बाकि राजश्वमा भएको परिवर्तन अन्य विषयका असर का बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नेछ ।

(अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमाथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको धारणा)


क्लिकमान्डु