सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान र खर्च खुल्ने विवरण छैन, तयार गर्नुः महालेखा



काठमाडौं । महालेखापरीक्षकको कार्यालयनले सहुलियतपूर्ण कर्जामा दिएको ब्याज छुटको विवरण तयार पार्ने नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनमा ब्याज अनुदानको विवरण तयार गरी कर्जा असुलीसमेत प्रभावकारी बनाउने व्यवस्था गर्न केन्द्रीय बैंकलाई निर्देशन दिएको हो ।

महालेखाले भनेको छ, ‘सहुलियतपूर्ण कर्जाको बक्यौता रकम २०८० असार मसान्तमा १ खर्ब ९८ अर्ब २७ करोड पुगेको देखिन्छ । बैंकहरूले सहुलियतपूर्ण कर्जा, सोको लागि प्रदान गरेको ब्याज अनुदानलगायतका खर्च खुल्ने विवरण तयार गरेका छैनन् ।’

नेपाल राष्ट्र बैंकबाट प्राप्त विवरण अनुसार वाणिज्य बैंकहरूले २०७८/७९ सम्म २ खर्ब ५९ अर्ब ५५ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराई ५ प्रतिशतसम्मका दरले ब्याज अनुदानबापत १६ अर्ब ९६ करोड ५० लाख भुक्तानी र यस वर्षसम्म २२ अर्ब ३९ करोड सञ्चित ब्याज अनुदान प्रदान गरेका छन् ।


क्लिकमान्डु