सहकारी पीडितहरुले थाले आन्दोलन, माइतीघरमा प्रदर्शन



काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आन्दोलन गरेको छ ।

सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म आजदेखि माइतीघर मण्डलाबाट शान्तिपूर्ण अनिश्चितकालीन धर्ना तथा रिले अनशन प्रदर्शन सुरु गरेका छन् ।

सहकारी संस्थाहरुबाट ठगीमा परेका बचतकर्तासँग २ पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै उनीहरुले तेस्रो पटक आन्दोलन सुरु गरेका हुन् ।


क्लिकमान्डु