थाई एयरवेजले पुनः शुरु गर्यो नेपालमा उडान



काठमाडौं । थाइल्याण्डको ध्वजावाहक वायुसेवा कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुःन सुरु गरेको छ ।

थाई एयरवेजले यसअघि १९६८ मा बैंककदेखि कलकत्ताहुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो सेवा सुरु गरेको थियो ।

कोरोना महामारीका कारण २०२२ मार्चदेखि नेपालमा सेवा बन्द गरेको थाई एयरवेजले सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गर्दै २ वर्षपछि नेपालमा फेरी सेवा सुरु गरेको हो ।

थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।

नेपालमा पुःन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको छ ।

हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ ।

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले नेपाल सरकारले थाइल्याण्डमा पर्यटन पर्वधन गर्न सके नेपालले ठूलो लाभ दिने बताए ।

‘हिजो हामीहरु यो कार्यक्रमका लागी नेपाल आउँदा प्लेनमा दुई जना मात्रै थाई थियौं,’ उनले भने, ‘ नेपाल बुद्घ जन्मेको देश, थाइल्याण्डमा ९० प्रतिशतभन्दा बढी बौद्ध धर्मालम्बी छन् ।त्यसैले नेपालले थाइल्याण्डबाट ठूलो लाभ लिन सक्छ । त्यसका लागि हामीहरु नेपाल सरकारलाई सहयोग गर्न तयार छौं ।’

काठमाडौं र बैंकक बीचको उडानले नेपाललाई विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने भन्दै थाइको उडानले नेपाललाई पर्यटन प्रवर्धन सहयोग गर्ने उनको भनाई छ ।

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका एक्जिक्युटिभ चेयरम्यान रवि चन्द्र सिंहले काठमाडौं र बैंककलाई उडानमार्फत जोड्दै हाम्रो सेवाहरू पुनः सुरु गर्न पाउँदा हामी हर्षित भएको बताए ।


क्लिकमान्डु