कैलाश सिरोहियाले प्रमाण नष्ट गर्ने देखेरै सरकारले पक्राउ गर्नु परेको होः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न सरकारले पक्राउ गरेको बताएका छन् ।

‘सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ?’ राजधानीमा भएको एक कार्यक्रममा ओलीले प्रश्न गरे- ‘नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न हुँदैन ।’

कैलाश सिरोहिया कान्तिपुर भन्ने पत्रिकाका सञ्चालकलाई नागरिकताको विषयमा उनको नागरिकता झुटो नागरिकता भयो, किर्ते नागरिकता भयो, नागरिकता दिने मान्छेको नाम छैन, दिनेको सही छैन आदि भन्नेकुरा अखबारमा आएपछि सरकारले छानविन गरेको उनले बताए

ओलीले भने- ‘सरकारले त्यसको छानबिन सरकारले गर्यो । अदालतलाई भन्यो, यस्तो यस्तो छानबिन गरेँ, उहाँलाई गिरफ्तार गरेरै छानबिन गर्नुपर्छ, किनभने प्रमाण लुकाउने नष्ट गर्ने सम्भावना देखियो । जोसुकैलाई थुन्न पाउँ भन्दा अदालतले थुन्न दिँदैन नि । छानबिन गर भन्छ । अदालतले आदेश गरेपछि प्रहरीले समात्यो । यो प्रेस स्वतन्त्रतामाथिको हमला रे । प्रेस कहाँबाट जोडियो । नागरिकताको पो कुरा होला त, प्रेस कहाँबाट आयो । यो खालका हल्लाका पछि लाग्दैन । डेमोक्रेसी खतरा भयो । वक्तव्यको होडबाजी भयो ।’


क्लिकमान्डु