सञ्चारमन्त्रीले भनिन्: सहकारीमा मेरो २ लाख रुपैयाँ मात्र छ, सम्पत्ति विवरणमा त्रुटी भयो



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा त्रुटी हुन पुग्दै नगद मौज्दात धेरै देखिएको बताएकी छन् ।

शर्माको सहकारीमा आफ्नो २ लाख रुपैयाँ मात्रै रहेको र भुलबस २० लाख हुन पुगेको बताएकी छन् ।

उनले भनेकी छिन्, ‘२०८१ जेठ ८ गते सार्वजनिक भएको मन्त्रीहरुको सम्पत्ति विवरणमा मेरो क्यारिना ऋण तथा बचत सहकारी संस्थामा रहेको बचत विवरणप्रति ध्यानाकर्षण भएको छ । सो सहकारीमा मेरो एक लाख शेयर रकम र सो बराबर नियमित बचत गरी करिब २ लाख रुपैयाँ रहेको हुनुपर्नेमा एउटा शून्यअंक बढी टाइप हुन गई प्राविधिक त्रुटीका कारण २० लाख लेखिन पुगेकाले सो विवरण त्रुटिपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।’

मन्त्री शर्मासँगै अन्य नेताहरुको पनि सहकारीमा नगद मौज्दात गरेको उल्लेख भएको छ । सरकारका मन्त्रीहरुमा सबैभन्दा बढी सककारीमा पैसा राख्नेमा डीपी अर्याल रहेको छन । उनको सरकारीमा १ करोड रुपैयाँभन्दा बढी रकम रहको छ ।


क्लिकमान्डु