सहकारीमा सञ्चारमन्त्री शर्माको २० लाख बचत, वाणिज्य बैंकमा ६५ लाख ऋण



काठमाडौं । सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्मा ६५ लाख रुपैयाँ ऋणमा छिन् । मंगलबार सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको उल्लेख छ ।

उनीसँग नगद मौज्दात २१ लाख ७८ हजार तवलभत्ता तथा अन्य आय वापत संकलन भएको रकम छ । शर्मासँग सहकारीमा २० लाख र दुईवटा बैंकमा १ लाख ७८ हजार रुपैयाँ नगद रहेको छ ।

शर्मासँग श्रीमानको नाममा काठमाडौंमा ६ अनामा बनेका साढे २ तले घर, शर्मासँग ६ तोला सुन र २ तोला मात्रै चाँदी रहेको छ । यो गहना पैतृक तथा उपहारबाट पाएको उल्लेख छ ।

शर्माको विभिन्न बैंकमा १५ सय कित्ता सेयर रहेको छ । उक्त सेयर श्रीमान र छोरासमेतको हो । शर्मासँग ३६ लाख रुपैयाँमा किनेको होण्डाइको कार छ ।


क्लिकमान्डु