सेयर बजारमा हरियाली कायमै, लगानीकर्ताको ध्यान बैंकमा



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । इन्ट्रा डे कारोबारमा २१२१.०१ बिन्दुमा पुगेको बजार अन्तिम समयमा २७.५४ अंकले बढेर परिसूचक २०९२ बिन्दु कायम भएको छ ।

यो दिन पनि बजारसँगै कारोबार रकम पनि बढेको छ । ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ ।

यो दिन बैंकिङ समूहको ४५.२०, विकास बैंक १७.५७, होटल २०.४२, जलविद्युत ३३.९२, ट्रेडिङ समूहको उपसूचक ६०.८२ अंकले बढेको छ । यस्तै निर्जीबन बिमा ५६.०९, माइक्रोफाइनान्स ३०.१३, उत्पादन तथा प्रशोधन ३४.०६, वित्त समूहको उपसूचक १२.३० अंकले घटेको छ । यो दिन लगानीकर्ताको ध्यान बैंकिङमा बढी देखिएको छ ।

कारोबारमा चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा पहिलो स्थानमा पोखरा फाइनान्स रहेको छ । कम्पनीको १९ करोड ९२ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सिईडिबी आइड्रोपावर र फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।


क्लिकमान्डु