किसानले बुझाए कालीमाटी विकास समितिलाई ज्ञापनपत्र



काठमाडौं । बजारमा ५१ प्रतिशत किसान सहभागीताका लागि तरकारी उत्पादन किसान संघ नेपालले कालीमाटी फलफुल तथा तरकारी विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ ।

पत्रकार सम्मेलन गरी समितिका कार्यकारी निर्देशक डा महादेब प्रसाद पौडेललाई संघकी अध्यक्ष माया केसीले ज्ञापनपत्र बुझाएकी हुन् ।

संघले कृषि उपज तथा गोलभेँडाको न्यूनतम मूल्य तोक्नु पर्ने, समितिमा किसानको प्रत्यक्ष सहभागिता ५१ प्रतिशत हुनुपर्ने र ५० प्रतिशत स्टक किसानले पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

किसानले उत्पादन लागत मूल्य पाउन नसकाले गोलभेँडाको न्यूनतम मूल्य तोक्नु पर्ने, अन्य तरकारीको मूल्य निर्धारण गर्दा पारदर्शी हुनुपर्ने लगायत उनीहरूको माग छ ।


क्लिकमान्डु