गोरखाका किसानलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर



cg’bfgdf xft] 6\ofS6/ ljt/0f uf]/vf, % h]7 M uf]/vfsf] u08sL ufpFKfflnsf–%, sf ls;fgnfO{ cg’bfgdf xft] 6\ofS6/ ljt/0f ug'{x’Fb} ufpFkflnsfsL pkfWoIf nlntf clwsf/L nufot . ufpFkflnsfn] j8f sfof{no dfkm{t %) k|lt;t cg’bfgdf 6\ofS6/ ljt/0f u/]sf] xf] . tl:j/ M bLks >]i7÷/f;;

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका ५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार वडा कार्यालयमार्फत किसानसँग ५० प्रतिशत लागत साझेदारीमा हाते ट्रयाक्टर खरिद गरेर वितरण गरिएको हो ।

कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धिमा टेवा पु¥याउन आधुनिक औजार अनुदानमा उपलब्ध गराउने पालिकाको नीतिअनुरूप हाते ट्याक्टर प्रदान गरिएको छ ।

‘खेती गर्न गाउँमा गोरु पाइनै छाडेका छन्,’ उनले भने, ‘अब कृषिलाई प्रविधिमैत्री बनाउँदै जानुपर्छ, गोरुको अभावमा खेतबारी बाँझै राख्न हुन्न् ।’

अध्यक्ष तिमल्सिनाले परम्परागत खेती प्रणालीबाट कृषिमा लगानी बढी र उत्पादन कम हुने भएकाले पनि किसानले लाभ लिन नसकेको बताए ।

‘परम्परागत खेती प्रणालीले उत्पादन बढाउन सकिँदैन,’ उनले भने, ‘अब लागत कम गरेर उत्पादन वृद्धि गर्नुपर्छ त्यसका लागि यान्त्रिकीकरण अनिवार्य भएको छ ।’


क्लिकमान्डु