एनसेलको सधै अन प्याकेज सार्वजनिक, जति रुपैयाँकाे प्याकेज त्यति नै मिनेट भ्वाइस कल सुविधासमेत



काठमाडौं । एनसेलले सधै अन प्याकेज नामक योजना सार्वजनिक गरेको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मोबाइल डेटा तथा भ्वाइस प्याकको नयाँ योजना सधै अन ल्याएको हो ।

यो प्याक लिएपछि ग्राहकको मेन ब्यालेन्सबाट रकम नकाटिने र प्याकेज छदै समय सकिए अर्को प्लान लिँदा वा अर्को महिनामा उक्त खपत नभएको प्याक पनि प्रयोग गर्न पाइने (क्यारी अन हुने) एनसेलले जानकारी दिएको छ ।

यो प्याकेजसगै यस अघि ६३ प्याक थियो भने अब जम्मा २० प्याक मात्रै हुने छ । जसले गर्दा ग्राहकलाई धेरै प्याक हुँदा हुने कन्फ्युजन समेत कम हुने एनसेलले बताएको छ ।

एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजनाको रुपमा यस्तो भ्वाइस, डेटा तथा एसएमएस प्याक ल्याएको हाे । एनसेले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेको यस्तो प्याक अनुसार अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु नपर्ने दाबी गरेको छ ।

‘सधैं अन’ नामक यस योजनाको मुख्य उद्देश्य नै नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स सकिने चिन्ता हुने भएकोले यो प्याकेज लिएर अब विना डर डेटा सधैं अन राख्न सकिने छ । यसले डिजिटल भविष्यतिर नेपालीलाई डोर्याउन पनि सहयोग गर्ने हो ।
एनसेलका अनुसार प्याक लिएका उपभोक्तालाई मोबाइल फोन बाट लिइएको डेटाबाटै दैनिक कार्यहरू गर्न सहज हुने छ ।

ग्राहकले किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई सधैं अन अर्थात अनलाईन बस्न चाहिने डेटाको आवश्यकता एनसेले पूरा गर्ने पनि एलसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले बताए ।

नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ । १० जना मोबाइल डेटा प्रयोगकर्ता मध्ये २ जना मात्रै नेपालीले नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्ने पनि एनसेलको भनाइ छ । औसत प्रति ग्राहक प्रति महिना डाटा खपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो ।

एनसेलका अनुसार यस्ताे प्याकेज लिन एनसेलका ग्राहकले एस्टिडिक १२३ ह्यसज गरेर ताेकिएकाे प्याक लिन सक्नेछन् । एनसेलले यस्ताे प्याेकजमा ३९९ रुपैयाँमा १२ जीबी फाजी डेटा, ३९९ मिनेट नै भ्वाइस सुविधा र ३९९ वटा नै एसएमएस सेवा २८ दिनसम्म प्रयाेग गर्न सकिने सुविधा एनसेलले दिएकाे छ । यस्ताे प्याक एनसेलले प्रिपेड ग्राहकलाई मात्रै दिएकाे छ ।


क्लिकमान्डु