धानको उत्पादनमा वृद्धि



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चालु आर्थिक वर्षमा मल र बीउको सहज आपूर्तिका कारण धानको उत्पादन अध्यधिक बढेको बताएका छन् ।

आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले धानको उत्पादन उल्लेख परिमाणमा बढेको बताए । उनले कृषि सुविधाको उच्चतम सदुपयोग गरिएका कारण उत्पादन बढेको बताए । चालु आवमा ३ हजार हेक्टर क्षेत्रफलमा थप सिंचाई सुविधा पुगेको बताए ।

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ उनले बताए । यसले गर्दा थप खेतीयोग्य जग्गामा सिंचाई सुविधा पुग्ने उनले बताए ।


क्लिकमान्डु