काठमाडौं महानगरले अर्थशास्त्रीसहित १९ विषयविज्ञ नियुक्त गर्दै, यसरी दिनुस् आवेदन



काठमाडौं । काठमाडौं महानगरपालिकाले कम्तिमा १९ जना विज्ञ नियुक्त गर्ने भएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि अनुसार वातावरणीय अध्ययन प्रयोजनाका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरुको सूची तयार पर्ने निर्णय गरेको छ।

त्यसका लागि विज्ञहरुको १९ वटा विषयक्षेत्र तोकिएको महानगरले जनाएको छ ।

महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर,वातावरण कानुनविद्, मानवशास्त्री, समाजशास्त्री, अर्थशास्त्रीसहितका १९ विषय विज्ञ माग गरेको हो ।

महानगरले मंगलबार सूचना प्रकाशन गर्दै १५ दिनभित्र आवेदन पेश गर्न आह्वान गरेको छ ।


क्लिकमान्डु