काभ्रेमा तारले मुख र छाती रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला



काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिका-४ मा फलामको तारले रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको छ ।

शुक्रबार बिहान साढे ८ बजे काभ्रेको पाँचखाल-४ जिरोकिलोस्थित मेलम्ची जिरोकिलो सडक खण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा अन्दाजी २५ वर्षका पुरुशको शव फेला परेको प्रहरीले जनाएको छ । मृतको शनाखत हुन सकेको छैन।

मुख र छातीमा फलामको तारले रुखमा बाँधि आगो लगाएको अवस्थामा लाश फेला परेको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटना १५/२० दिनअघिको जस्तो देखिएको र शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु