लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो



बाँके । प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानी नियन्त्रणमा लिएको छ ।

बाँकेको कोहलपुरमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।

काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा बिहीबार गोली चलाएको हो ।

गोली परियारको घुँडामा लागेको र उनको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले ११० ग्राम खैरो हिरोइन बरामद गरेको छ ।


क्लिकमान्डु