विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पारित



काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।

बुधवार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । समिति सभापति जयन्तीदेवी राईले लामो समय समितिमा छलफल पश्चात सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको बताइन् । उनले सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको र चाँडै राष्ट्रिय सभामा पेश हुने बताइन्।

‘समितिमा लामो समय छलफल गरी सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको छ । यो ऐन सरकारले ल्याए पनि कार्यान्वयन भएको थिएन । कर्जा दिने र लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरुलाई सहज होस् भनेर कारोबार सुरक्षित विधेयक कार्यान्वयनको लागि पास गरेका छौं’ उनले भनिन् ।

उक्त विधेयक दुवै सदनबाट पास भएपछि कर्जा दिने र कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरुलाई सहज हुने छ ।


क्लिकमान्डु