सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि



काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ ।

गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । उक्त निर्णय भएपछि भारतले असन्तुष्टि जनाएको हो।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । नेपालले नयाँ नक्सा राख्ने निर्णय गरेकोबारे भारतीय पत्रकारले विदेशमन्त्री जनशंकरसँग प्रश्न गरेका थिए ।

त्यसको जवाफमा उनले नक्सा परिवर्तन हुँदैमा धरातलीय यथार्थ परिवर्तन नहुने बताए । ‘यसबारे हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन’ उनले भने ।

सीमाबारे दुई देशबीच छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको उनकको भनाइ छ ।

नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री भएको बेला सरकारले २०७७ लामा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको नयाँ नक्सा जारी गरेको थियो । भारतले भने ती क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।


क्लिकमान्डु