६ स्थानको विजुली अवरुद्ध हुने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि काठमाडौंको ६ स्थानको विजुली काट्ने तयारी गरेको छ ।

प्राधिकरणले उक्त स्थानमा विद्युतीय वितरण लाइन भूमिगत ओछ्याउने काम गर्न लागेकाले विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विजुली अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार आइतबार गोठाटार फिडर अन्तर्गत फोर्स बसपार्कदेखि तेजबिनायक चौकसम्म बिजुली अवरुद्ध हुनेछ । यस्तै सोमबार कालिमाटी र रिंगमेन फिडरअन्तर्गत सोल्टी मोडदेखि रविभवनसम्मको क्षेत्रमा बिजुली काटिनेछ । त्यस्तै मंगलबार गोठाटार फिडरअन्तर्गत नै फोर्स बसपार्कदेखि तेजबिनायक चोकसम्म विजुली अवरुद्ध हुनेछ ।

प्राधिकरणका अनुसार बुधबार ताहाचल र चौमती फिडरअन्तर्गत छाउनी आर्मी अस्पताल क्षेत्र, बिहिबार गोठाटार फिडरअन्तर्गत तेजबिनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्र र शुक्रबार मच्छेगाउँ फिडरअन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्मको बिजुली अवरुद्ध हुनेछ ।


क्लिकमान्डु