निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन



काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी विधेयकमा नेपाली कांग्रेसको कुनै बिरोध नरहने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने कुरामा कांग्रेस सकारात्मक रहेको उनले बताए । संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पुर्‍याएको उनले बताए । विधेयक गम्भीर रहेकाले शीर्ष नेतृत्वसँग बसेर सकेसम्म सहमतिमै टुंग्याउने पक्षमा रहेको उनको भनाइ छ ।

अख्तियार सम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयकमा विज्ञहरुसँग छलफल गरी अघि बढाउने उनले बताए । निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन परेको खतिवडाले जानकारी दिए । निर्माण सामग्री सम्बन्धी विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ ।


क्लिकमान्डु