समितिमा सांसदको प्रश्न: नियम उल्लंघन गरेका कति वटा कम्पनीलाई सरकारले कारबाही गर्‍यो ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नियम उल्लंघन गरेका निर्माण कम्पनीहरुलाई कारबाही भए/नभएको बारे सरकारको जवाफ माग गरेका छन् ।

बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यो वर्ष काम नै नगरेका कम्पनीहरु कति छन् ? भन्दै प्रश्न गरे ।

सांसद सापकोटाले कति वटाका ठेक्का सम्झौता रद्ध भए, कति वटा कारबाहीका प्रक्रियामा छन् भन्नेबारेमा सरकारले जवाफ दिनुपर्ने बताए ।

सडकको अवस्थाका बारेमा सबै विज्ञ रहेको भन्दै निर्माण नगर्ने कम्पनीहरुलाई कारबाही गर्न आग्रह गरे । बजेट नभएका कारण काम नभएको भन्ने नभइ बजेट भएर काम नभएको पनि उत्तिकै जटिलता रहेको उनले बताए ।

सांसद सापकोटाले तदर्थका लागि काम कारबाही गर्नेकुराले कहीँ नपुगिने बताए ।


क्लिकमान्डु