प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा छलफल, के भयो कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो ।

भेटवार्तापछि न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । ओलीले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे ।

‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो । संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो’उनले भने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:४० बजे पुगेका ओली दिउँसो १:५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए ।


क्लिकमान्डु