रसुवा र तातोपानी नाकाबाट सोझै चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउन पहल गर्छौं: फुकुआन



काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लाङ फुकुआनले चोभारस्थित सुख्खा बन्दरगाहको अवलोकन गरेका छन् ।

फुकआनसँगै नेपाली महावाणिज्य दूतावास ल्हासाका महावाणिज्यदूत नवराज ढकालले उक्त बन्दरगाहको अवलोकन गरेका हुन् । अबलोकनको क्रममा फुकुआनले ल्हासाबाट रसुवा र तातोपानी नाका भएर सोझै चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउन आवश्यक पहल गर्ने जानकारी दिए ।

महावाणिज्यदुत ढकालले ल्हासाबाट चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउन आफ्नो तर्फबाट समन्वय हुने जानकारी दिए ती दुवैजनालाई नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र समितिका निर्देशक युवक डंगोलले स्वागत गरेका थिए ।

गजुरेलले उत्तरी नाका (रसुवा र तातोपानी) बाट समेत चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउन सक्ने व्यवस्था हुन सके चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सक्ने जानकारी दिए ।


क्लिकमान्डु