यी ६ जनाले तिरेनन् मणिपुर बचत तथा ऋण सहकारीको कर्जा



काठमाडौं । ऋण लिएर नतिरेको भन्दै दक्ष पौडेलेको नाममा मणिपुर बचत तथा ऋण सहकारी संस्थाले कर्जा चुक्ता गर्न ३५ दिने सूचना निकालेको छ ।

बागलुङ जिल्लाको बागलुङ गाउँपालिका-१२ घर भइ हाल काठमाडौं महानगरपालिका–४ भक्तिमार्ग बसोबास गर्ने दक्ष पौडेल (सुभास)लाई सहकारीले ३५ दिन भित्र कर्जा तिर्न सूचना जारी गरेको छ।

काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीमा रहेको मणिपुर बचत तथा ऋण सहकारीबाट ऋण लिएर नतिरेपछि पौडेलसहित अन्य ६ जनालाई ३५ दिन भित्र कर्जा भुक्तान गर्न भनेको छ । पौडेलले सहकारीबाट हव रेमिट प्रालिको अध्यक्ष हुँदा कर्जा लिएको पाइएको छ ।

ऋणीले सहकारीको साँवा ब्याज रकम नतिरी नबुझाई ऋण लिँदाको सहमति उलंघन गरेको जनाएको छ । सहकारीले कर्जा भुक्तानी गर्न पटक पटक ताकेता गर्दा कुनै चासो नदेखाएकोले ३५ दिन भित्र ६ जनालाई नै कर्जा चुक्ता गर्न भनेको छ ।

पौडेलले मणिपुर बचत तथा ऋण सहकारीबाट मात्रै नभएर श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण नतिरेको भन्दै २०८० असार ३ गते कर्जा चुक्ता गर्न १५ दिने सूचना निकालेको थियो । अहिले उक्त सहकारीलाइ सरकारले समस्याग्रस्त घोषणा गरेको छ । पौडेल सहकारी विकास बोर्डका पूर्व सहअध्यक्ष समेत हुन् ।

कांग्रेस नेता पौडेल काठमाडौं क्षेत्र नम्बर ७ मा गत प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिससमेत भएका व्यक्ति हुन् ।

मणिपुरबाट पौडेलका साथै सोलुखुम्बुका अमर थापा मगर, काठमाडौं नयाँ बानेश्वरका कुमार बहादुर खडका, ललितपुर महानगरपालिका-२ थसिखेलका इश्वर बासकोटा, महोत्तरी जिल्ला लोहारपट्टि-६ का कैलाश प्रसाद चौधरी र सोलुखुम्बु माप्य दुधकोशी नगरपालिका–६ का देवजंग थापाले सहकारीबाट लिएको ऋण तिरेका छैनन् । सबैजनालाई ३५ दिन भित्र ऋणको साँवा ब्याज भुक्तानी गर्न भनेको छ ।

३५ दिनभित्र कर्जाको साँवा ब्याज भुक्तानी नगरेको खण्डमा बागमती प्रदेश सहकारी ऐन २०७४ को दफा ६४, बागमति प्रदेश सहकारी नियमावली २०७५ को दफा १९, संस्थाको विनियमावली २०६५ साथै प्रचलित कानून बमोजिम कर्जा असुलीका लागि थप प्रकृया अघि बढाउने जनाएको छ।


क्लिकमान्डु