सेयर बजारमा हरियाली छाउँदा २ हजार बिन्दु कट्यो, कारोबार रकममा उल्लेख्य सुधार



काठमाडौंं । सेयर बजारमा हरियाली छाएको छ ।

कारोबारको सुरुदेखि नै बजारमा देखिएको सुझार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २५.९३ अंकले २००६.२८ बिन्दु कायम भएको छ । यो दिन बजारले २ हजार बिन्दु पार गरेको छ । करिब २ साता यता बजार २ हजार बिन्दु मुनी रहेको थियो । यो दिन २ हजार बिन्दु पार गरेको छ ।

३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार रुपैयाँको कारोबार भएको छ । केही दिन यता बजारमा २ देखि ३ अर्ब हाराहारीमा कारोबार भइरहेको थियो । मंगलबार भने बढेको छ ।

कारोबारमा वित्त सबै समूहको उपसूचकमा हरियाली छाएको छ । यो दिन कर्पोरेट डेभलपमेन्ट बैंक, इन्फिटिनी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा पोखरा फाइनान्स, गुँरास लघुवित्त, बोटलर्स नेपाल बालाजु, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु