सेयर बजार स्थिर, अन्तिम तीन मिनेटमा ३ अंकले बढ्दा पनि देखिएन सुधार



काठमाडौं । सेयर बजार स्थिर बनेको छ । अन्तिम तीन मिनेटमा बजार तीन अंकले बढेको छ । अन्तिममा थोरै सुधार हुँदा बजार स्थिर बनेको छ ।

यो दिन बजार मापन गर्ने सूचक ०.०७ अंकले बढेर परिसूचक १९८०.३४ बिन्दु कायम भएको छ । ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, वित्त समूहको उपसूचक बढेको छ भने होटल ३०.१९, जलविद्युत १२.१०, जीवन बिमा २५.२५, उत्पादन तथा प्रशोधन ४.५४, निर्जीबन बिमा ५२.६६, अन्य १३.५७, ट्रेडिङ समूहको उपसूचक १२.४२ अंकले घटेको छ ।
कारोबारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ ।

कारोबारमा पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु