सेयर बजारमा हरियाली, यी हुन कमाउने र गुमाउने कम्पनी



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुमा केही घटेको बजार करिब सवा २ घन्टा पनि बढ्न थालेको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो ।

बजार १४.३३ अंकले बढेर परिसूचक १९८०.२७ बिन्दु कायम भएको छ । ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ट्रेडिङ बाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ । यो दिन टे«डिङ समूहको उपसूचक ९.५२ अंकले घटेको छ ।

कारोबारमा पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै रिभरफल्स पावर कम्पनी, छ्याङदी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनीको १३ करोड ५ लाख ९२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः मल्टिप्रपोज फाइनान्स र पिपुल्स पावर कम्पनी रहेका छ्न । कारोबारमा १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटाको घटेको छ ।


क्लिकमान्डु