लगानी सम्मेलनको पुर्वसन्ध्यामा स्वदेशी लगानीकर्ता सडकमा आए



काठमाडौं । स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ताहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सरकारले ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई गरेको भन्दै पूँजीबजार संघर्ष समितिले प्रदर्शन गरेको हो ।

उनीहरूले स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागू गर्नुपर्ने, पूँजीबजारमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने माग राखेका छन् । प्रदर्शनका क्रममा लगानीकर्ता तिलक कोइरालाले सरकारको गलत नीतिका कारण लगानीकर्ताहरू डुबेको भन्दै सही नीति लिन माग गरेको बताए ।


क्लिकमान्डु