इलाममा हामीले चुनाव जिति सक्यौं, निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी छः स्वर्णिम वाग्ले



इलाम । रास्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले इलामको निर्वाचन आफूहरुले जीति सकेको तर निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी रहेको बताएका छन् ।

इलाम उपनिर्वाचनको मौन अवधी सुरु हुनु अगावै बुधबार पार्टीले राखेको बृहद आमसभामा बोल्दै वाग्लेले चुनाव जिति सकेको बताएका हुन् । ‘राजनीति भनेको अंकगणीतको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ, तर हामीले चुनाव जिति सकेका छौँ ’ वाग्लेले भने ।

रास्वपाको तनहुँबाट संघीय सांसद रहेका वाग्ले इलाममा बैशाख १५ मा हुन लागेको उपनिर्वाचनको प्रचार–प्रचार तथा घरदैलो कार्यक्रममा सक्रिय छन् । बुधबार राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु हुनु अगावै आज रास्वपाले इलामको देउमाई नगरपालिकाको मंगलबारेमा तथा इलाम नगरपालिकाको चोक बाजरमा बृहद आमसभाको आयोजना गरेको छ ।

मन्तब्य राख्ने क्रममा आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूका विरुद्ध विरोधी राजनीतिक दलहरुले अफवाह फैलाई रहेको बताउँदै, उनले पुराना दलहरु पराजयबाट तर्सिएको बताए ।

‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरु उसको अभियानबाट अत्ताल्लिएका छन् । त्यसैले आरोप प्रत्यारोपमा उत्रिएका छन् ’, उनले भने ।

इलामको चुनावी प्रचार प्रचारमा आक्रामक देखिएको रास्वपाका सभापति रवि लामिछाने तथा अन्य नेताहरु यतिबेला इलाममै छन् ।


क्लिकमान्डु