सीइडीबी हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । सीइडीबी हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले लाभांश पारित गर्न वैशाख ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गर्ने भएको छ । वैशाख १८ गतेसम्म कायम रहने सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजेदेखि हुनेछ ।


क्लिकमान्डु