सेयर कारोबारमा दोहोरो अंकको सुधार, सवा २ अर्बको कारोबार



काठमाडौं । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयमा सामान्य सुधार आएको छ ।

बजार मापन गर्ने सूचक १२.२९ अंकले बढेर परिसूचक १९८४.४३ बिन्दु कायम भएको छ । बजारमा दोहोरो अंकको सुधार आएको भएपनि कारोबार रकम भने बढ्न सकेको छैन ।

३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूह बाहेक सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूहको ३.५६ अंकले घटेको छ ।

यस्तै विकास बैंक ४१.६७, वित्त ९.९९, होटल १५.६२, जलविद्युत २७.९१, जीवन बिमा ४१.२१, उत्पादन तथा प्रशोधन १२३.०४, माइक्रोफाइनान्स ३१.७६, निर्जीबन बिमा ९६.६३, अन्य समूहको उपसूचक १५.६६ अंकले बढेको छ ।


क्लिकमान्डु