एनटीसीमा १२९ जनालाई रोजगारीको अवसर



काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा एक सय २९ जनाका लागि रोजगारीको अवसर खुलाएको छ ।

टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको हो । टेलिकमले जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्मका पदमामा आवेदन माग गरेको छ ।

इच्छुक र योग्य उम्मेदवारले यही वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर आगामी जेठ ३ गतेसम्म आदेन दिनसक्ने सूचनामा जनाइएको छ । अनलाइन दरखास्त फारम समिट गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ ।

सहायक ३ तहका लागि तीन सय, चार तहका लागि रु पाँच सय, अधिकृत छ र सात तहका लागि रु सात सय र अधिकृत आठ र नौ तहका लागि रु आठ सय लाग्नेछ । साथै प्रत्येक समावेशी समूहका लागि अधिकृत स्तरमा थप रु दुई सय र सहायक स्तरका लागि एक सय लाग्ने जनाइएको छ ।


क्लिकमान्डु