सेयर बजार राताम्मे, कारोबार रकम घट्दै



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक १९.५६ अंकले घटेर परिसूचक १९७२.१४ बिन्दु कायम भएको छ ।

कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । सुरुदेखि नै थामिन नसकेकेको बजार अन्तिम समयसम्म पनि सम्हालिन सकेन् ।

३१५ कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँको सेयर किनबेच भएको छ ।यो. दिन कारोबार रकम निकै घटेको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएको छ । बैंकिङ समूहको ५.०७, विकास बैंक ५७.२२, वित्त १६.९६, जलविद्युत २८.२५, जीवन बिमा ५१.९९, उत्पादन तथा प्रशोधन १०१.५४, माइक्रोफाइनान्स ६९.२०, निर्जीबन बिमा ९०.२४, अन्य समूहको उपसूचक २०.८६ अंकले घटेको छ । कारोबारमा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ कम्पनीको घटेको छ ।


क्लिकमान्डु