सेयर बजारबाट ९ महिनामा उठ्यो ३ अर्ब ७९ करोड पुँजीगत लाभकर, कुन महिना कति ?



काठमाडौं । सेयर बजारबाट चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ७९ करोड २ लाख ९८ हजार ४६४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।

सीडीएससीका अनुसार साउनदेखि चैत मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो ।

नौ महिनाको अवधिमा बजारमा ११९ अंकको गिरावट आएको छ । सूचक ११९ अंकले घट्दा पनि लगानीकर्ताको सम्पत्ति धेरै खुम्चन पाएको छैन । नौ महिनाको अवधिमा बजार पुँजीकरणमा केही सुधार देखिएको छ । नौ महिनाको अवधिमा बजार पुँजीकरण ५७ अर्ब ३५ करोड रुपैयाँले बढेर ३२ अर्ब ८ अर्ब २७ करोड रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

हाल दीर्घकालीन सेयर लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत पुँजीगत लाभकर तिर्दै आएका छन् । सीडीएससीका अनुसार साउन महिनामा ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ उठेको छ । साउनमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड ४५ लाख ९४ हजार ६३ रुपैयाँ लाभकर तिरेका छन् ।

यस्तै भदौमा राज्यले सेयर कारोबारबाट १४ करोड ६९ हजार २४३ रुपैयाँ लाभकर पाएको छ । जसमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६७ लाख ९०१रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

असोजमा सेयर लगानीकर्ताले २१ करोड ९५ लाख ७९ हजार ४२६ रुपैयाँ लाभकर तिरेका छन् । जसमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ५१ लाख ६० हजार ३३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड ९८ लाख ३३ हजार ९३२ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ४५ लाख ८५ हजार ४६० रुपैया पुँजीगत लाभकर तिरेका छन् ।

कात्तिकमा लगानीकर्ताले ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ लाभकर तिरेका छन् । जसमा दीर्घकालीन लगानीकर्ताले २ करोड ६९ लाख १८ हजार ६२३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ४ करोड ६० लाख ४१ हजार ८२४ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ११ लाख ९४ हजार ११७ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

मंसिरमा सेयर लगानीकर्ताले राज्यलाई ३० करोड ५३ लाख २४ हजार ७८३ रुपैयाँ लाभकर तिरेका छन् । जसमा दीर्घकालीन तर्फ ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, अल्पकालीन तर्फ १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड १४ लाख २९ हजार ७२ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

चालु आवको पुस मसान्तसमा राज्यले ७४ करोड ३९ लाख १३ हजार २२९ रुपैयाँ पुँजीगत लाभकर पाएको छ । जसमा दीर्घकालीन लगानीकर्ताले १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ५२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ४ करोड ६५ लाख ४१ हजार २०६ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

सेयर कारोबारबाट माघमा ९७ करोड २० लाख ३ हजार ७७३ रुपैयाँ लाभकर उठेको छ । राज्यलाई दीर्घकालीन लगानीकर्ताले १६ करोड ३१ लाख ५७ हजार ७०८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७४ करोड १३ लाख ८७ हजार ५२९ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६ करोड ७४ लाख ५८ हजार ५३५ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

यस्तै फागुन महिनामा सेयर लगानीकर्ताले ४४ करोड ९ लाख २२ हजार ८३ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।
सिडीएससीका अनुसार फागुनमा दीर्घकालीन लगानीकर्ताले ११ करोड ६८ लाख १२ हजार २६० रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २५ करोड १० लाख ७९ हजार ४५२ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड ३० लाख ३० हजार ३७१ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

चैत महिनामा राज्यले ४८ करोड ३४ लाख ३९ हजार ५७५ रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । दीर्घकालीन लगानीकर्ताबाट ११ करोड १३ लाख ५४ हजार २२८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताबाट २८ करोड ३७ लाख ३२ हजार १६ रुपैयाँ, संस्थागत लगानीकर्ताबाट ८ करोड ८३ लाख ५३ हजार ३३० रुपैयाँ पुँजीगत लाभकर उठाएको छ ।


क्लिकमान्डु